मुस्ताङमा कांग्रेसले गर्यो ‘क्लिन स्वीप’,प्रतिनिधिसभा सदस्य तर्फ योगेश गौचन थकाली विजयी
काठमाडौं । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मत अन्तरले हराए । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रेमप्रसादले ३ हजार ७८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका थिए । मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा १ मा नम्डु गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५ सय ६५ मत पाएका छन् । कांग्रेसले संघ र प्रदेशमा मुस्ताङबाट खाता खोलेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसले मुस्ताङ, #मुस्ताङमा ‘क्लिन स्वीप’
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्