मतदान गर्न जाँदा छुटाउनै नहुने कागजात,यस्ता छन् लिनै नहुने बस्तु
काठमाडौं । आइतबार अर्थात् मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी लाइसेन्स वा राष्ट्रिय परिचयपत्रमध्ये एउटा परिचय पत्र बोकेर जान निर्वाचन आयोगले आग्रह गरेको छ ।
मतदान गर्न जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायत कुनै पनि निषेधित वस्तुहरू नबोक्न पनि आगोगले आग्रह गरेको छ । निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गएमा सामग्रीहरू जफत गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
साथै, मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका लगायतलाई आवश्यक सहयोग गर्न र पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मतदान केन्द्र
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्