शीर्ष दलका उम्मेद्वार, यी हुन आफैलाई मतदान गर्न नपाउने नेता

काठमाडौं । संसदीय ब्यवस्थामा जनताको अभिमतको आधारमा सरकार परिवर्तन हुन्छ । ३ दिनपछि सम्पन्न हुने निर्वाचनमा पनि कुन पार्टीलाई सरकारमा पुयाउने र कुनलाई प्रतिपक्षमा राख्ने जनताले फैसला गदैछन । निर्वाचनमा सवै जसो दलका शिर्ष नेताहरु चुनावी मैदानमा छन । तर, मतदाता नामावली भएको क्षेत्रबाट मात्र मतदान गर्न पाउने ब्यवस्था गरेका कारण क्षेत्र परिवर्तन गरेर चुनाव लडिरहेका शिर्ष नेताहरुले नै आफैलाई मतदान गर्न बन्चित हुने देखिएको छ ।
निर्वाचनमा राजनीतिक दलका शिर्ष नेता एव जो कोहि योग्य मतदाता जुनसुकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न पाउछन् । जस अनुसार शिर्ष नेताहरुले निर्वाचन क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भतmपुरको सुर्यविनायक नगरपालितका ३ का मतदाता हुन । ओली झापाको क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार छन । ओलीले पनि आफनो लागि मतदान गर्न पाउने छैनन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मतदाता नामावली चितवन ३ मा छ । यसअघि पनि उनले सोही क्षेत्रबाट चुनाव जितेका थिए । अहिले उनले क्षेत्र परिवर्तन गरेर गोर्खा २ बाट चुनाव लडेका छन । उनले पनि आफुलाई मतदान गर्न पाँउदैनन् । मोरङग ५ का मतदाता रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवार बनेका छन । लोसपाका अध्यक्ष महन्थ ठाकुर सर्लाही १ का मतदाता हुन । तर, ठाकुरले क्षेत्र परिवर्तन गरेर महोतरी ३ बाट उम्मेदवार बनेका छन ।
नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला मोरङ ४ का मतदाता हुन । तर उनले मेरग ६ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका छन । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाको मतदाता नामावली झापा १ मा छ तर उनले झापा ३ बाट उम्मेदवार बनेका छन । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको मतदाता नामावली रुपन्देहीमा छ । तर, वाग्लुङ १ बाट संसदीय निर्वाचन लडेका केसीले पनि आफुलाई मतदान गर्न नपाउने भएका छन ।
नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलको मतदाता नामावली तनहु २ मा छ । तर, उनले काठमाडौ ५ बाट उम्मेदवारी दिएका छन । उनले पनि आफुलाई मतदान गर्ने छैनन । काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्ययको निर्वाचन क्षेत्र मकाउनपुर १ हो । मकावानपुर २ बाट उम्मेदवार दिएकी उपाध्यायले पनि आफुलाई मतदान गर्न पाउने छैनन् । क्षेत्र परिवर्तन गरेका कारण काँग्रेस नेतृ सुजाता कोइराला, मोहन बस्नेत लगाएतका प्रतिनिधि सभामा उम्मेदवार बनेका झण्डै सात दर्जन उम्मेदवारले पनि आफुलाई मतदान गर्न नसक्ने भएका छन ।
आयोगले मतदाता भएको क्षेत्रबाट मात्र मतदान गर्न पाउने ब्यवस्था गरेपछि शिर्ष नेताले नै आफुलाई मतदान गर्न बञ्चित भएका छन । राजनीतिका जानकारले आफु उम्मेदवार भएको क्षेत्रमा उम्मेदवारले आफैलाई मतदान गर्ने ब्यावस्था आयोगले नगुर्न भनेको अलोकतान्त्रिक भएको बताएका छन । निर्वाचनमा जुनसुकै क्षेत्रबाट उठने ब्यावस्था भएपछि उम्मेदवारले पनि त्यही ठाउँबाट मतदान गर्न पाउनुपर्ने आबाज पनि उठेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #शिर्ष नेता, #संसदीय ब्यवस्था
तपाईको कमेन्ट लेख्नुहोस्