Techie IT
  • १८ जेठ २०८२, शनिबार
KhojPatrika

निर्वाचनको तयारी पूरा, एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले मतदान गर्ने


काठमाडौं । बिहीवार मध्यरातीदेखि निर्वाचनको लागि स्थिर समय सुरु हुँदैछ । स्थिर समयमा हुन सक्ने चलखेल, प्रचारप्रसार, जमघट लगायतका बिषयमा आयोग थप चनाखो भएर विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको हो । टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।

मतगणनाको काम नसकिएसम्म सभा, जुलुश लगायतका प्रचारप्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले जानकारी दिएका छन । उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधी काम रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको समेत दाबी गरे । निर्वाचनलाई भयरहित , निस्पक्ष बनाउनका लागि सबै सुरक्षा निकाय तथा मतदानसम्बन्धी कर्मचारीलाई आयोगले निर्देशन दिएको छ ।

त्यस्तै यो भन्दा अगाडि भएका निर्वाचनहरुमा बुथ कब्जा गर्ने, राजनीतिक दलका कार्यकर्ताबिच धरपकड भएर चुनाव बिथोलीने लगायतका घटना हुने गरेका थिए । त्यस्तै मतदाता भन्दा धेरै मत खसेको अवस्थामा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने बताए । त्यस्तै आयोगले मतदातालाई असर पर्नेगरी सुकुम्बासी बस्ती नहटाउन चेतावनी दिएको छ । यदी त्यसो गरिए कारबाही गर्ने आयोगको चेतावनी छ ।

आयोगले कुनै पनि मतगणनास्थलमा तारजाली लगाउन निर्देशन नदिएको तर सुरक्षा ब्यवस्थालाई हेरेर सिसिटिभी जडान गर्न वा आवश्यक सुरक्षा ब्यवस्था मिलाउने जिम्मा स्थानिय निकायको भएको आयोगको भनाइ छ । आयोगले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने, ७ गतेसम्म सबै प्रत्यक्ष तर्फको मतगणना सक्ने र १२ गतेसम्म समानुपातिक तर्फको पनि मतगणना सकेर मंसिरको २२ गतेसम्म अन्तिम नतिजा सहीत राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

मतगणना भईरहदा मतपरिणामको अवस्था आयोगले समयसमयमा अध्यावधिक गरिरहने जनाएको छ । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदानस्थलबाट मतदान गर्नेछन । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चलखेल, #जमघट, #तयारी पूरा, #निर्वाचनको लागि स्थिर, #प्रचारप्रसार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं