१ बर्ष तीन महिनापछि बीए प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए । पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो ।
पनिकाले परीक्षा सार्वजनिक गर्दै नतिजामा स्थगनरअनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिभुवन विश्वविद्यालय
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्