जी–२० सम्मेलन चलिरहँदा रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुनः आक्रमण
काठमाडौं । जी–२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ। किभमा भएको आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
दुईवटा भवन क्षतिग्रस्त भएको बताइएको छ। रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो। त्यसपछि पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो।
उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन्। उनीहरूले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन्। तत्काल रुसी सेना फिर्ता फिर्ता बोलाएर शान्ति स्थापना गर्नुपर्ने नेताहरुले बताएका छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #उत्तरी शहर जाइटोमिर, #राजधानी किभ, #लविभ, #शहरमा आक्रमण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्