जी–२० सम्मेलन चलिरहँदा रुसद्वारा युक्रेनका प्रमुख शहरमा पुनः आक्रमण
काठमाडौं । जी–२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ। किभमा भएको आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
दुईवटा भवन क्षतिग्रस्त भएको बताइएको छ। रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो। त्यसपछि पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो।
उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन्। उनीहरूले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन्। तत्काल रुसी सेना फिर्ता फिर्ता बोलाएर शान्ति स्थापना गर्नुपर्ने नेताहरुले बताएका छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #उत्तरी शहर जाइटोमिर, #राजधानी किभ, #लविभ, #शहरमा आक्रमण
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्