नेतालाई भोटको चिन्ता,किसानलाई बाली लगाउने चटारो

काठमाडौं । दलका नेताहरुलाई मत माग्न भ्याई नभ्याई छ । समय कम भएका कारण उम्मेदवारलाई मत माग्न जति हतारो छ, किसानहरुलाई मौसमी बाली लगाउन पनि उत्तिकै चटारो छ । बस्तीमा चुनावी माहोल तातिएपनि किसानहरु भने खेतवारीमै ब्यस्त छन् । काठमाडौं उपत्यकाको काठ क्षेत्र । जहाँ किसानहरुलाई मौसमी बाली लगाउन हतारो छ । किनकि एकातिर मंसिर ४ मा हुने निर्वाचन नजिकिदै छ भने अर्कोतिर मौसमी बाली लगाउने समय पनि घर्किदैछ ।
काठमाडौंसंगै अन्य केही स्थानका किसान आफ्नै काममा व्यस्त देखिएका छन् । काठमाडौं उपत्यकाका काठ क्षेत्रका किसानहरु मौसमी बाली लगाउन ब्यस्त छन् । कोही खेतबारीमा तरकारी लगाउँदै छन् त कोही पशु चौपाया चराउँदै छन् । देश नै चुनावमय भइरहदा किसान एवम् ब्यवसायीलाई भने खेतबारीको काम गर्न भ्याईनभ्याई छ ।
मंसिर ४ को चुनावबारे हाम्रो प्रश्नमा उनीहरु यस्तो बताउँछन् । चुनावमा उम्मेद्वारहरुले अनेक सपना बाड्छन् । तर, किसानलाई भने सधैं झै उही मल, बिउ र सिचाईको चिन्ता । चुनावमा बाजागाजा सहित पुगेका नेताहरुले दिने आश्वासनमा जनतालाई कत्तिपनि विश्वास छैन । त्यस्तैले त भन्छन् जनताको पक्षमा काम गर्ने कोही नेता भएनन् ।
पटक–पटक सरकार फेरबदल हुदाँ पनि किसानले समयमा मल बिउबिजन पाएनन् । दलहरुले कृर्षिमा आत्मनिर्भता ल्याउने एजेण्डा हरेक निर्वाचनमा अघि सार्छन । तर, चुनाव जितेपछि कहिल्यै कार्यान्वयन भएन । विहान र साँझ आजभोली मत माग्न नेतादेखि कार्यकर्ता मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
कतै त किसानकै बारीमा नेता तथा उम्मेद्वार पुगेर काम सघाएको नाटक गर्न पनि पछि परेका छैनन् । मतदातालाई फकाउन उम्मेद्वारले अनेक फण्डा गरिरहेका दृश्य समेत सार्वजनिक भइरहेका छन् । तर, किसान तथा ब्यवसायीको एउटै भनाई छ कृर्षिमा उत्पादन बृद्धि, रोजगारी र भ्रष्टचार नियन्त्रणमा सबै नेताहरुको एकस्वर हुनुपर्यो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #किसान, #दलका नेता
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्