नाथिगाड मेला सञ्चालन गर्न उम्मेद्वार धनबहादुर केसीको आग्रह
रुकुमपूर्व । जिल्लाको नाथिगाडमा लाग्ने मेला सञ्चालनका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट रुकुमपूर्व प्रदेश सभा २ का उम्मेदवार धनबहादुर केसी (डिबी) ले आग्रह गरेका छन् । परम्परागत रुपमा लाग्दै आएको रुकुम पूर्वकै ठुलो मेला नाथिगाड मेला रोक्न बिभिन्न खेल भइरहेको भन्दै सम्बन्धित निकायलाई केसीले आग्रह गरेका हुन ।
उनले नाथीगाड मेलाका बिषयमा गलत र कपोकल्पीत प्रचारप्रति आपत्ति जनाएका छन् । मेला गठबन्धनले रोक्न खोजेको भनि गलत प्रचार गरी निर्वाचनलाई प्रभावित पार्न खोज्नु बाहेक अरु केही नभएको उनको भनाई छ । यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन दलको साझा उम्मेदवारको हैसियतले परम्परा र संस्कृतिको संरक्षण गर्नु तपाईं हामी सबैको जिम्मेवारी हो भन्ने ठानेको छु उनले एक विज्ञप्ती मार्फत भनेका छन् ।
मेला रोकिएको वा नरोकिएको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको केसीले जनाएका छन् । कहीँ कतैबाट मेला रोक्न खोजीएको भए पनि परम्परा र संस्कृतिको जगेर्नाका लागि परम्परादेखि लाग्दै आएको, आफ्नो छुट्टै इतिहास भएको नाथिगाड मेला तत्कालै सञ्चालन गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनसमुदाय सबै समक्ष अनुरोध गर्दछु । उनले बिज्ञप्तीमा उल्लेख गरेका छन् । केसी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट प्रदेश सभा २ मा उमेद्वार छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #धनबहादुर केसी (डिबी), #नाथिगाडमा लाग्ने मेला
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्