Techie IT
  • २१ जेठ २०८२, मंगलबार
KhojPatrika

निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन


काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सेनाले सुरक्षा तयारी सुरु गरिसकेको छ । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ। एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना मतदानस्थलको बाहिरी सुरक्षामा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछन् ।

तत्काल परिचालन हुने गरी काठमाडौं, पोखरा, चितवन, बर्दिबास, इटहरी, सुर्खेतलगायतका ठाउँमा सेनाले हवाई व्यवस्थापनसहित १ सय ५० सैनिक तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ। सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली सेना परिचालन, #प्रतिनिधि तथा प्रदेश सभा, #सैनिक जनसम्पर्क

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं