अव कहिले आउँछ मेलम्चीको खानेपानी, दशैंपछिको भाखा सकियो, स्थानीयको अवरोध कायमै

काठमाडौं । करिव एक बर्षदेखि बन्द मेलम्चीको पानी काठमाडौं उपत्यकामा कहिले आउने अझै टुंगो छैन । सरकारले दशै लगत्तै मेलम्चीको पानी उपत्यकामा ल्याउने दाबी गरेको थियो । तर, स्थानीयका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको कामसमेत हुन नसक्दा मेलम्चीको पानी आउन अझै समय लाग्ने देखिन्छ ।
बर्षात्को समयमा जेनतेन पानीको जोहो हुने काठमाडौं उपत्यकाका नागरिकले हिउँद महिनामा पानीको ठूलो समस्या झेल्छन् । धारा छन् पानी आउदैन् । कहिले काँही आएपनि धमिलो लेदो नै आउँदा शुद्घ पानी खान पाइदैन । काठमाडौं उपत्यकाका उमेद्वारहरुको पानीको एजेण्डा हरेक चुनावमा हुने गर्छ । तर, उपत्यकामा बर्षौ अघिदेखि झेल्दै आएको समस्या कहिले समाधान हुने कुनै टुंगो छैन ।
काठमाडौं उपत्यकाको सडक नै पखाल्ने गरी मेलम्चीको पानी ल्याउने उद्घोष गरेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजनामा अहिले पनि राजनीति भइरहेको छ । २०५१ सालदेखि सुरु भएको यो योजना बल्लतल्ल २०७७ चैतमा केही महिनाका लागि पानी ल्याइयो । मेलम्चीको पानी आएपछि अब समस्या हट्यो भनेर उपत्यकाबासी निक्कै खुसी पनि भए । तर, त्यो खुसी २ महिना पनि टिकेन ।
असारमा मेलम्चीमा आएको बाढीका कारण खानेपानी आयोजना नै तहस नहस पारिदियो । बाधभित्र पसेको गेग्रन हटाएर अस्थायी रुपमा काठमाडौं ल्याइयो । २०७९ को बर्षामा फेरि बाढीले बगाउने जाखिम रहेकोले बन्द गरिएको भनिएपनि अब मेलम्चीको पानी उपत्यकामा कहिले आइपुग्छ टुंगो छैन । अस्थायी रुपमै पानी उपत्यकामा ल्याउन पनि हम्मे–हम्मे परेको छ । अहिले मेलम्ची खानेपानीका सबै ढोका बन्द छन् ।
यसअघि दसैँलगत्तै पानी पठाउने योजना बनाएपनि स्थानीयका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको कामसमेत हुन नसक्दा मेलम्चीको पानी ल्याउन अन्यौल देखिएको छ । मेलम्ची आयोजनाबाट पीडित भएकालाई राहत तथा क्षतिपूर्ति दिने र कतिपयलाई स्थानान्तरण गर्नेजस्ता काम समयमै गर्न सके पुससम्म पानी उपत्यकामा आउने समितिले जनाएको छ ।
झण्डै एक बर्षदेखि मेलम्चीको पानी काठमाडौं आएको छैन । उपत्यकाका सबैजसो क्षेत्रमा मेलम्चीको पाइप बिछ्याइसकिएको छ । ठाउँ–ठाउँमा ट्यांकी निर्माण भएका छन् । तर, पानी आउने टुङगो नहुँदा ट्याङकी नै रित्ता छन् । पानी उपत्यकामा कहिले आउछ स्वयम् समिति नै अलमलमा छ । जसका कारण उम्मेद्वारले पानी छिटो ल्याउछु भन्नु केवल चुनावी एजेण्डाबाहेक अरु केही होइन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दशैंपछि, #भाका सकियो, #मेलम्चीको पानी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्