पाकिस्तानमा टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानका भाषण र अन्तरवार्ता प्रसारणमा रोक
काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।
पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण र अन्तरवार्ता प्रसारण गर्न रोक लगाएको हो ।
इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले भनेको छ, ‘टेलिभिजन च्यानलहरुले पूर्वप्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण गर्ने छैनन् ।’ यो निर्देशन उल्लंघन गर्ने च्यानलहरुको लाइसेन्स रद्द गरिदिने चेतावनीसमेत उसले दिएको छ ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #इमरान खान, #मिडियाको नियामक
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्