स्वतन्त्र उम्मेद्वारले गरे सत्ता गठबन्धनका उम्मेद्वारलाई प्रचार–प्रसारमा अवरोध
काठमाडौं । रुकुमपूर्व प्रदेश ‘१’ मा नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनमगर (अजयशक्ति) र सोही क्षेत्रमा नेपाली काग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेद्धार दुतकुमार पुन (गुमाने) का समर्थकले सत्ता गठबन्धका उम्मेद्धार र नेताहरुलाई जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका जानबाट रोकिएको हो ।
बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धार बनेका माओवादी केन्द्रका पूर्णबहादुर घर्ती सहित नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार केशरमान रोका लगायत माओवादी केन्द्रका नेताद्धय गणेशमान पुन र दलजित सिर्पाली सहितको टोलीलाई अवरोध गरिएको हो ।
स्वतन्त्रका समर्थकले उक्त टोलीलाई भूमे गाउँपालिका २ काँक्री देखि तकसेरा जाने सडक खण्ड अन्र्तगत काँक्री देखी १ किलोमिटर माथि बिच बाटोमा रोकेको हो । गठबन्धनको टिम अहिले फर्किएर खावाङबगरमा पुगेको छ । त्यहाँ दुई पक्षिय छलफल चलिरहेको र समाधान निकाल्ने भइरहेको बताइएको छ ।
अवरोध गर्ने स्वतन्त्रका समर्थकले आफुहरुको विरोध गठबन्धनका प्रदेश सभा १ का उम्मेदवार तेजबहादुर ओली प्रति मात्रै रहेको बताएका छन् । टोलीले प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर घर्तीलाई समर्थन रहेको बताएको छ । ओली सहितको टिमलाई यसअघि पनि अवरोध गरिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्णबहादुर घर्ती, #रुकुमपूर्व प्रदेश ‘१’, #सत्ता गठबन्धका उम्मेद्धार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्