Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

विरामीको उपचारमा ब्यस्त हुनुपर्ने चिकित्सक राजनीतिमा, को–को छन् चुनावी प्रतिष्पर्धामा


काठमाडौं । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको माहोलले छोएको छ । विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन् । पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि व्यस्त छन् । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि राजनितिक दल मात्रै नभै अलग अलग पेसामा आवद्घ व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचनका लागि बर्षै देखि अगांलेको पेसालाइ समते बिट मार्दै कलाकार देखि चिकित्सक सम्म चुनाबी मैदानमा उक्रिएका छन् ।

बर्षौदेखि बिरामीको उपचारमा जिबन बिताएका चिकित्सक अब भने सांसद भएर स्वास्थ्य क्षेत्र मात्र नभई देशका बिसंगति सुधारका लागि निति निर्माण गर्नै र स्वास्थ्य क्षेत्रमा भएको बिकृतिको अन्त्य गर्नै घोषण पत्र सहित चुनाबमा उत्रिएका छन् । ती मध्ये कतिपय उमेदवारको उमेदवारी खारेज समेत भएको छ । उपत्यका भित्र चुनाब लडेने तयारीमा रहेकी ललितपुर क्षेत्र न ३ मा उमेदवार बनेकी डा. तोसिमा काकीको उमेदवारी खारेज गरेपछि निर्वाचन आयोगको निर्णय बिरुद्ध सर्वोच्च अदालत गएर अन्तरिम आदेश पाएकी छन । अन्य उम्मेदवारहरु मध्ये डा. सुदिन शाक्यले लतिपुरकै क्षेत्र नम्बर २ मा नेपाली पार्टीबाट उमेदवारी दिएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ५ बाट प्राध्यापक डा. रामप्रसाद उप्रेतीले राप्रपाबाट उमेदवारी दिएका छन् । त्यस्तै काठमाडौं–४ बाट डा. अर्चन शमशेर राणा उमेदवार बनेका छन् । यसैगरी चितवन–३ बाट नेकपा माओवादी केन्द्रका तर्फबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि मुख्य एजेण्डा बनाएका छन् । वरिष्ठ फिजिसियन डा. अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् । काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्रा.डा. उप्रेती चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी स्याङ्जा–२ (ख) मा नेकपा एमालेबाट डा. बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले मोरङ–३ बाट कांग्रेसबाट उम्मेदवार बनेका छन् । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा डा. फरेन्द्र शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सप्तरी–३ मा हाम्रो नेपाली पार्टीबाट डा. नवीन मण्डल, रौतहट–१ मा राष्ट्रिय जनमत पार्टीबाट डा. राजेन्द्रप्रसाद साह, महोत्तरी–४ मा जसपाबाट डा. सुरेन्द्रकुमार यादव, रौतहट–२ मा नेपाली कांग्रेसबाट डा. फिर्दोस आलम र पर्सा–३ (ख)मा जसपाबाट डा. मधु गुप्ता चुनावी मैदानमा उत्रिएका छन् ।

बारा–१ बाट डा. राकेश न्यौपाने, बाँके–२ (ख) बाट डा. विनोद कर्ण, सुनसरी–२ बाट डा. फडेन्द्र साह, सप्तरी–१ बाट डा. रोहित पोखरेल, सिराहा–३ (ख) बाट डा. प्रवीण यादव त्यस्तै डा.रक्षा न्यौपाने बारा–२ बाट चुनाबकी मौदानमा उत्रिएका छन् । यस्तै चिकित्सा पेसाबाट राजनितिमा प्रवेश गरेका नेपाली कांग्रेसका डा. शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली काँग्रेसका डा. शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी गराएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एकाध चिकित्सक, #बिरामीको उपचार, #सांसद भएर स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं