डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगले दियो शर्तसहित अनुमति

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन आयोगले डडेल्धुरा जान अनुमति दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउने भएका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो ।
त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिन मानेको थिएन ।तर, देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोग जनाएको छ । देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा छन् ।
निर्वाचन आचारसंहिताभन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अनुमति दिइएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले सैनिक जहाज र हेलिकप्टर प्रयोग गरेर चुनावी दौडाहा गरेकोबारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको भन्दै त्यसको खर्चबारे आयोगले प्रश्न गरेको थियो । अनुगमनको लागि अख्तियारलाई आयोगले आग्रह गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री डडेल्धुरा जान पाउने, #शेरबहादुर देउवा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्