डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगले दियो शर्तसहित अनुमति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन आयोगले डडेल्धुरा जान अनुमति दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउने भएका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो ।
त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिन मानेको थिएन ।तर, देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोग जनाएको छ । देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा छन् ।
निर्वाचन आचारसंहिताभन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अनुमति दिइएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले सैनिक जहाज र हेलिकप्टर प्रयोग गरेर चुनावी दौडाहा गरेकोबारे निर्वाचन आयोगको ध्यानाकर्षण भएको भन्दै त्यसको खर्चबारे आयोगले प्रश्न गरेको थियो । अनुगमनको लागि अख्तियारलाई आयोगले आग्रह गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री डडेल्धुरा जान पाउने, #शेरबहादुर देउवा
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्