Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

चुनावपछि को बन्ला प्रधानमन्त्री ? देउवा,थापा,प्रचण्ड वा ओली,यस्तो छ समिकरण


काठमाडौं । आगामी संसदीय निर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने बहस चुनावको प्रचार–प्रसारसँगै शुरु भएको छ । एमालेले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई नै अघि सारेको छ भने सत्तारुढ दलले भने औपचारिक रुपमा घोषणा गरेका छै्रनन् । तर, पनि कांग्रेसबाट सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी प्रधानमन्त्रीको दौडमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भाबी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावी अभियानमा जाने निणर्य गरेको छ ।

यो निणर्यसँगै मंसिर ४ गते सम्पन्न हुने संसदीय निर्वाचनमा एमालेले बहुमत ल्याए ओली प्रधानमन्त्री बन्ने निश्चित छ । दुई पटक प्रधानमन्त्री बनिसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यस अघि नै देशमा नयाँ समृद्धीका लागि भन्दै फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहाना राखेका थिए ।

२०७९ साल असार १० गते फेरि एक पटक प्रधानमन्त्री बन्ने आफनो चाहाना रहेको प्रचण्डले बताएका थिए । हुन त प्रचण्डले स्थानिय निर्वाचनको परिणामको अन्तिम चरणमा आउदा नै आफुलाई प्रधानमन्त्री बन्ने अफर आएको बताएका थिए । त्यसको लगतै सत्ताको अर्को घटक नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफुलाई प्रधानमन्त्री बन्न अफर आएको वताएका थिए ।

सत्ताको अंकगणित परिवर्तन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको धेरैले अनुमान गरेका थिए । तर, एमालेले यो भनाइको खण्डन गरेको थियो । अहिलेसम्म प्रधानमन्त्रीको प्रस्ताव अघि नसारेको नेपाली काँग्रेसले पनि भावी प्रधानमन्त्रीको रुपमा शेरवहादुर देउवालाई प्रस्ताव गर्ने दह्रो संभावना छ ।

नेता भरतकुमार शाहले देउवा नै भावी पुन प्रधानमन्त्री बन्ने बताए । तर, महामन्त्री गगनकुमार थापाले आफू भावी प्रधानमन्त्रीका रुपमा रहेको बताउदै आएका छन् । माओवादीका नेता शक्तीबहादुर बस्नेतले प्रधानमन्त्री बन्ने नबन्ने कुरा चुनावी परिणामले निर्धारण गर्ने हुदा अहिले नै को प्रधानमन्त्री बन्छ भनेर भन्न नसकिने अवस्था रहेको बताए ।

सत्तारुढ नेकपा एकिकृत समाजवादीका नेता साम प्रसाद पाण्डे निर्वाचनपछि को प्रधानमन्त्री बन्ने भनेर अहिले नै भन्न नसकिने बताउछन । सत्ता, शक्ती पैसासहितको कार्यकारी पद हत्याउन नेताहरुले कसरत शुरु गर्नुलाई स्वभाविक मान्नु पर्ने कतिपयको भनाई छ । यद्यपी एमाले बाहेकका राजनीतिक दलले औपचारिक रुपमा भावी प्रधानमन्त्री घोषणा भने गरिसकेका छैनन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #थापा, #देउवा, #प्रचण्ड वा ओली, #प्रधानमन्त्री बन्ला भन्ने बहस

तपाईको कमेन्ट लेख्नुहोस्