जरिवाना उठाउन निर्वाचन आयोगको ताकेदा, नबुझाउनेलाई बन्दसूचीबाट हटाउने तयारी
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।
गत ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई बन्दसूचीबाट हटाउने निर्णय आयोगले यसअघि गरेको थियो । सोही निर्णय अनुसार आयोगले हिजोसम्म जरिवाना बुझाउने समय दिएको थियो ।
उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४ सय ८ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिककको बन्दसूचीमा पेस भएको थियो । त्यसमध्ये केहीले आयोगलाई जरिवाना तिरिसकेका छन् भने धेरैजसोले तिर्न बाँकी छ । जरिवाना नतिर्ने उम्मेदवारहरुलाई समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने तयारी आयोगको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेदवारलाई कारबाही, #निर्वाचन आयोग, #बन्दसूची
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्