सिन्धुलीलाई विकासमा नमूना जिल्ला बनाउने श्याम घिमिरेको दाबी
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १ स्थित दुधौली नगरपालिकाको कोगटीमा सत्ता ठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिन्धुलीलाई बिकासमा नमूना जिल्ला बनाउने दाबी गरेका हुन ।
घिमिरेले आफू सिन्धुलीमै जन्मे हुर्किएकाले सिन्धुली र सिन्धुलीका जनताका समस्या आफूलाई थाहा भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले विगतमा एमालेका उम्मेदवारले पटक– पटक जितेर गएपनि जिल्लाको विकासमा केही नगरेको आरोप लगाए । एमालेले २५ वर्षमा सिन्धुलीमा गर्न नसकेको काम आफूले ५ वर्षमै गरेर देखाउने घिमिरेले आश्वासन दिए ।
झण्डै दुई तिहाइको बहुमतको सरकार हुँदा पनि एमालेले जनताका पक्षमा काम गर्न नसकेको उनको आरोप छ । शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उनको भनाई छ । उनले गठबन्धनका नेता कार्यकर्तालाई निर्धक्क भएर एकतावद्ध रुपमा निर्वाचनमा होमिन आग्रह पनि गरे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #श्यामकुमार घिमिरे
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्