बेलायती प्रधानमन्त्रीले गलत निर्णयका लागि माफी मागिन्

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका निर्णयका लागि माफी मागेकी छन् । ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै आर्थिक निर्णयका लागि माफी मागेकी हुन । उनले भनिन्, ‘मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ ।’
नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको प्रष्टीकरण दिएकी छन । नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत सावित भएको उनको स्वीकारोक्ति छ । यसैबीच सोमबार बेलायतमा अर्थमन्त्री जेरेमी हन्टले सेप्टेम्बरको मिनी बजेटमा गरिएका प्रधानमन्त्री लिज ट्रसका सबै घोषणालाई उल्ट्याएका छन् ।
खारेज गरिएका मिनी बजेट प्रावधानहरूमा नागरिकको विद्युत् महसुल घटाउन छुट दिने योजना समावेश छ । सरकारको पूर्व निर्णय उल्टाउँदै हन्टले बेलायतमा देखिएको वित्तिय संकट समाधान गर्ने प्रयास गरेका थिए । उनको निर्णयले प्रधानमन्त्री ट्रसको व्यक्तिगत राजनीतिक स्थितिमा प्रश्न उठाएको छ। हन्टले पदभार ग्रहण गरेको भोलिपल्टै प्रधानमन्त्रीले निर्णयमा गल्ती गरेको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्