रुकुमपश्चिमको मुसिकोटमा सौर्य बत्ती जडान गरिने,बन्ला त झिलीमिली ?
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिकाले सार्वजनिक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने भएको छ । बजारको सुरक्षाका लागि नगरपालिकाले खंलगा वजार आसपासका क्षेत्रमा ४० वटा सौर्य बत्ती जडान गर्न लागेको हो ।
नगरपालिकाले सौर्य बत्ती जडानको लागि ठेकेदारलाई जिम्मा दिइसकेको छ । पहिलो चरणमा खंलगा बजारको पुष्पलालचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म, माथिल्लो बजार, ब्राहटाकुरा, झुलुङ्गे पुल, बागबजार देखि पातुखोलासम्म सडक बत्ती जडान गरिन लागेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिए ।
यस्तै दोस्रो चरणमा सेरीगाउँ, सल्ले, सितलपोखरी लगायतका ठाउँमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख केसीले जानकारी दिए । रातीमा आँफै बल्ने र दिनमा निभ्ने बत्ती जडान हुन लागेको हो । यसअघि खलंगा बजारको शहिदगेटदेखि पुष्पलाल चोकसम्म सौर्य बत्ती जडान गरिसकिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मसिकोट नगरपालिका
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्