Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

संसदबाट बाहिरिने दिनमा समेत नेताहरुको जुहारी,ओली प्रचण्डको एउटै शब्द मंसिर ४ मा हेरौला


काठमाडौं । संसदको कार्यकाल शनिबार रातिदेखि सकिदै छ । तर,शिर्ष दलका नेताहरु कार्यकाल सकिदै गर्दा पनि जुहारी गर्न भने छाडेनन् । संसदको बैठकमा सम्बोधन गर्ने नेताहरुले संसदभित्रको ५ बर्षे बहसलाई आ–आफनै ढंगबाट विश्लेषण गरे । दुई पटक विघटन भएको संसदमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले रिसीवी भएजसरी संसदमा प्रस्तुत भए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ फर्काए । देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरेका थिए । दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्दै आइरहेका छन् । न्यायालयले न्याय गरेको देउवाले दाबी गरे ।
संसदमा ओली प्रचण्डको जुहारी,मंसिर ४ मा हेरौला
प्रतिनिधिसभाको निर्वाचनमा तालमेलसँगै पाटी एकता समेत गरेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड जोडी नै बनाएर देशभर दौडिए । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्दै अभिब्यक्ती दिइरहेका थिए । ओलीले प्रतिनिधि सभा नै दुई पटक विघटन गरिदिएपछि ओली र प्रचण्ड छुट्टीए । त्यसपछि सुरु भयो दुई नेताको सार्वजनिक मञ्चहरुमा नै जुहारी चल्न थाल्यो ।

शनिबार प्रतिनिधिसभा बैठकमा पनि आरोप प्रत्यारोप गरेरै सकिएको छ । नेकपा एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरे । उनले आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद आइसक्थ्यो भन्दै सोधे, ‘प्रतिगमन कहाँबाट हुन्थ्यो ? ’ प्रधानमन्त्री छान्ने र हटाउने अधिकार अन्यत्रै प्रयोग गर्नुपर्छ भन्ने संविधानमा नभएको भन्दै उनले यो चाहिँ संविधानको उल्लंघन भएको बताए ।

सत्तारुढ गठबन्धनले नीति, विधि मिचेर परमादेशबाट सरकार ल्याएको भन्दै ओलीले भने, ‘निर्वाचन हुनुलाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ । हामी निर्वाचनतर्फ जाँदैछौं । म यसलाई प्रतिगमन मान्दिन । परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिमगन हो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताए ।

ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?’ उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ? यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?

माओवादी अध्यक्ष प्रचण्डले भने महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताए । आरोप–प्रत्योरोपकै क्रममा ओली र प्रचण्डले मंसिर ४ मा हेर्ने भन्दै एक अर्कोलाई घुर्की लगाए । मंसिर ४ मा माओवादी कांग्रेससँगको तालमेल गरेर चुनाव लड्दैछ भने एमाले केही साना दललाई साथमा लिएर चुनाव लड्ने योजना बनाइरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कार्यकाल सकिदै, #शिर्ष दलका नेता, #संसदको कार्यकाल, #संसदको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्