समानुपातिक उम्मेदवार छान्न नेपाली कांग्रेसले तोक्यो चार मापदण्ड
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्न ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तय गरेको हो । गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने कांग्रेसले मापदण्ड बनाएको छ । त्यस्तै प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद भएको व्यक्ति पनि अब प्रदेशमा गएर समेत फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरेको छ ।
उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेर सन्तुलनलाई आधार मानेर पार्टीको पक्षमा लोकप्रिय मत थप्न सक्नेलाई समानुपातिक उम्मेदवार बनाउने छ । कांग्रेस ७७ जिल्लाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पार्टीले समानुपातिक उम्मेदवार पनि खडा गर्नेछ । बिहीबार बस्ने बैठकले समानुपातिकमा पर्ने नामबारे छलफल गर्नेछ । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय सीमा तोकेको छ । बन्द सूची सच्याउने म्याद भने आगामी असोज १६ गतेसम्म तोकेको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #४ वटा मापदण्ड तय, #नेपाली कांग्रेस, #समानुपातिकतर्फ उम्मेदवार
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्