महावीर पुनलाई दिइयो एक करोड राशीको भवन कीर्ति रत्न पुरस्कार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार दिइएको छ । गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा महावीर पुनलाई सो पुरस्कार दिइएको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । आविष्कार र अनुसन्धानमा महाविर पुनले खेलेको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए । पुनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरु विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१ करोड रुपैयाँ धनराशि, #गैरआवासीय नेपाली संघ, #भवन कीर्ति रत्न पुरस्कार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्