न्यायाधीशहरुलाई प्रलोभन दिएर मलाई महाअभियोग लगाइयोः जवरा
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथिको महाअभियोग प्रस्ताव राजनीतिक भएको भन्दै असार २८ को फैसलापछिका घटनाक्रम मुख्य जड रहेको बताएका छन ।
महाअभियोग सिफारिस समितिमा बयान दिदै राणाले राजनीतिक मुद्दाहरुमा भएका फैसलाका कारण महाअभियोग लागेको र असार २८ को फैसला मुख्य जड रहेको बताएका हुन ।
जवराले भने केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्व अनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्ने वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।
आफूमाथि लागेका सबै आरोप झुटा भएको भन्दै जबराले महाअभियोग प्रस्ताव खारेज हुनुपर्ने उनले दाबी गरेका छन । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकिएको छ । जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछिसमितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने बताइएको छ ।
जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको समितिले जनाएको छ । बुधबार बिहान नौ बजे समितिको बैठक बोलइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चोलेन्द्र शमशेर जबरा, #महाअभियोग प्रस्ताव
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्