चिनियाँ नेताको सवारीले जताततै सडक जाम, सर्वसाधारणलाई गन्तब्यमा पुग्नै कठिन
काठमाडौं । विदेशी पाहुनाको सवारीले काठमाडौं उपत्यकामा सर्वसाधारण यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर–कालीमाटी सडकमा सोमबार दिउँसो पटक–पटक यातायात बन्द हुँदा उपत्यकाका सबै सडक अस्तब्यस्त भएका हुन ।
सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल पुगेका थिए । उनको सुरक्षाको लागि कोटेश्वर–बानेश्वर–माइतीघर–थापाथली त्रिपुरेश्वर–कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित भएर सर्वसाधारणले सास्ती खेपे । लीले सोल्टी होटल पुगेपछि केहीबेर आराम गरेका थिए, त्यतिबेला भने सडक जाम खुल्यो ।
केहीबेरपछि ली सभामुखसँग द्विपक्षीय भेटवार्ताका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनतर्फ निस्किएपछि फेरि बानेश्वर माइतीघर थापाथली त्रिपुरेश्वर कालीमाटी सडक खाली गरिएको थियो । अघिल्लो पटकको जाम राम्ररी नखुल्दै फेरि रोकिएका गाडीले बल्खुचोक, कलंकी, रत्नपार्क, कोटेश्वर, पुरानो बानेश्वरमा अस्तव्यस्त भएको थियो । ली संसद भवन छिरेपछि रोकिएको ट्राफिक जाम केहीबेर खुलेको थियो ।
संसदमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटपछि ली फेरि सोल्टी होटल फर्किँदा यो रुटमा फेरि सडक यातायात अवरुद्ध गरिएको थियो । भीआईपी सवारीको कारण जनताले सास्ती पाएको तर ट्राफिक प्रहरीले रुट मिलाउन नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नेताहरुको सवारीले जाममा परेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष ली चान्सु, #ली चान्सु, #विदेशी पाहुना
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्