निहारिकाको बच्चा र आरोपीको डीएनए नमूना संकलन
काठमाडौं । निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । आइतबार खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो ।
आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । उनको मागबमोजिम केही दिनअघि जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।
डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । अव डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्