मिडिया काउन्सिल विधेयक संसदमा, कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याए १० लाखसम्म जरिबाना
काठमाडौं । सरकारले पत्रकार आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्थासहित मिडिया काउन्सिल विधेयक संसदमा पेस गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेस भएको मिडिया काउन्सिल विधेयकको दफा १८ मा कसैले उजुरी दिएमा जाँचबुझ गर्ने र त्यसबाट मर्यादामा आँच पुगेको देखिएमा मिडिया काउन्सिलले सञ्चारमाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रूपैयाँसम्म जरिबाना गर्न सक्ने गरी बिद्येयक संसदमा पेश गरेको हो ।
काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले क्षति पुगेको व्यक्ति वा संस्थालाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था समेत विधेयकमा गरेको छ । सरकारले प्रेस काउन्सिललाई विस्थापन गरेर मिडिया काउन्सिल गठन गर्नका लागि चाँडो चाँडो गरेर विधेयक पेस गरेको हो ।
यसअघि प्रेस काउन्सिललाई जरिबानाको अधिकार थिएन । यसअघि यही विधेयक तत्कालीन एमाले नेतृत्वको सरकारले ल्याउँदा कांग्रेसले विरोध गरेको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले २०७६ मा पेस गरेको यो विधेयक विरोधका कारण सरकारले फिर्ता लिएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आचारसंहिताविपरीत, #जाँचबुझ गर्ने, #मिडिया काउन्सिल विधेयक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्