महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले हतार–हतार तिर्यो कर
काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले हतार–हतार कर तिरेको छ । बिहिबार फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो । फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगलाई मनोरञ्जन कर बुझाएको जनकारी दिए ।
काठमाडौं महानगरपालिकाले बुधबार २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि सञ्चालकले भने महानगरलाई कर तिर्न बाँकी नरहेको दाबी गर्दै आएका थिए । हिजो महानगरको राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गरेका थिए ।
तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी पत्रमा दिइएको छ । फनपार्कले समाजकल्याण परिषदलाई मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ । सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्