किन गरियो आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा ?
काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै असोज अन्तिमसम्म पुर्याइएको छ ।
आर्थिक मन्दी व्यवस्थापन गर्न र डलरको सञ्चितिका लागि भन्दै यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे,कुरमुरे,लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला गरिएको छ ।
सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ ) बाहेक, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत राखिएको छ ।
आउँदो असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ । आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा बढेको कारण देखाउँदै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । पछि केही संशोधन गर्दै साउन १ गतेदेखि भदौ १४ सम्मका लागि दश वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्