डा.गोविन्द केसीको चेतावनीः माग पूरा नभए भदौ २७ बाट अनसन
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आफना माग पूरा नभए भदौ २७ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् । भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेपनि सरकारी पक्षले दुई हप्ताको समय मागेपछि उनले सत्याग्रह स्थगित गरेको बताएका छन् । सरकारलाई विभिन्न ६ बुँदे माग बुझाउँदै सत्याग्रहको कार्यक्रम दुई साता पछि सारेको बताए ।
माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डाक्टर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । डाक्टर केसीले राखेका मागहरूमा स्वास्थ्य सेवामा सुधारका लागिः तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने,बताएका छन् ।
त्यस्तै चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र विद्युतीय गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरिनुपर्ने छन् । देउवा सरकार बनेयता स्वास्थ्य क्षेत्रका विषयमा निरन्तर आवाज उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेकै कारण धैर्य गर्ने अवस्थामा आफू नरहेको केसीले जिकिर गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनसन बस्ने चेतावनी, #डाक्टर गोविन्द केसी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्