Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

राहदानी विभागको नयाँ भवन नक्सा पास विना कसरी बन्यो ?


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । राहदानी विभागले गत वर्ष मात्रै बनाएको यो भवनको नक्सा नै पास नगरेको खुलेको हो ।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागले जनाएको छ । विभागले १ अर्ब ५ करोड लागतमा भवन निर्माण गरेको थियो ।

नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन । काठमाडौं महानगरको टोली अबैध रुपमा बनेका संरचना हटाउने क्रममा सरकारी कार्यालय राहदानी विभागमा पुगेको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राहदानी विभाग

तपाईको कमेन्ट लेख्नुहोस्