सस्तोमा डलर साटीदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय, प्रहरीले चलायो अप्रेशन

काठमाडौं । तपाईलाई कसैले सस्तोमा डलर साटीदिन्छु भनेर फोन गर्यो वा भन्यो भने तपाई सचेत हुनुहोस् । उपत्यकामा डलर साटिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । सुरुमा सक्कली डलर देखाएर प्रभावमा पार्ने र पछि मोटो रकम लिएर साट्न जाँदा नक्कली डलर दिएर लुट्ने र ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यकामा डलर साटिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मंगलबार नक्कली डलर देखाएर ठगी र लुटपाट गर्दै हिड्नेलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलासा भएको हो । बाहिर सक्कली डलर र भित्र नेपाली नोट तथा कागजको बिटो राखेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं बौद्ध आरुबारी बस्ने ३२ बर्षीय समिर भन्ने संजय तामाङ र सोही ठेगाना भइ हाल ललितपुर धापाखेल हाइट बस्ने ३१ बर्षीय बिष्णु तामाङ रहेका छन् ।
उनीहरुले विभिन्न व्यक्तिहरुलाई डलर साटिदिन्छु भन्दै डलर देखाउने र एकान्तमा लगेर लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरुले पैसाको बण्डेलमा अगाडी र पछाडि सक्कली डलर राख्ने र त्यसको बिचमा नेपाली रुपैयाँ वा कागज राखेर भुक्याएर रकम लुट्ने गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ । उनीहरुले अहिले सम्म काठमाडौं भित्र र बाहिर जिल्लामा गरी ५ वटा यस्तै ठगीको घटनामा संलग्न रहेको पाइएको प्रवक्ता कोइरालाले बताए । यिनीहरुको गिरोह नै सक्रिय रहेको पाइएको छ यसबारे थप अनुसन्धान जारी छ ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ ५ को नोट ३ सय २५ थान, रु १० को ९ थान, रु २० को १ सय थान, अमेरिकी डलर १ को ८ सय थान र अमेरिकी डलर ५० दरको ३७ थान रुपैयाँ समेत बरामत गरेको छ । उनीहरुले सस्तोमा डलर साटिदिन्छु भन्दै बोलाउने नेपाली पैसा लिइसकेपछि फरार हुने गरेको प्रहरीले बताएको छ । यसअघि पनि यस्ता खालका गिरोह पक्राउ परेका थिए । डलर देखाएर लुटपाट गर्ने गिरोह पछिल्लो समय थप सक्रिय रहेको पाइएकोले सजग रहन प्रहरीले आग्रह समेत गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपत्यकामा डलर, #सक्कली डलर, #सस्तोमा डलर साटीदिन्छु
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्