मलेसियाको सर्बोच्च अदालतले सुनायो पूर्वप्रधानमन्त्री रजाकलाई १२ बर्ष जेल सजाय
काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोग विरुद्धको अन्तिम अपीलमा असफल भएका छन । उनलाई एक मलेशिया डेभलपमेन्ट बर्हाडसँग सम्बन्धित कम्पनीबाट अर्वौ डलर हिनामिना गरेको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको छ ।
मलेसियाको सर्वोच्च अदालत, संघीय अदालतले मंगलबार राज्य कोषको सहायक कम्पनी एसआरसी इन्टरनेशनलसँग जोडिएको शक्तिको दुरुपयोग, सम्पत्ति शुद्धीकरण र विश्वासको आपराधिक उल्लंघनको सातवटा मुद्दामा नजिबलाई सजाय सुनाएको हो ।
६९ वर्षीय नजिबलाई तल्लो अदालतले २०२० जुलाईमा विश्वासको आपराधिक उल्लंघन, शक्तिको दुरुपयोग र एक एमडीबीको पूर्व इकाई एसआरसी इन्टरनेशनलबाट करिब १० मिलियन डलर अवैध रूपमा प्राप्त गरेकोमा मनी लान्ड्रिङको दोषी ठहर गरेको थियो ।
उनीले पुनरावेदन दिएपछि धरौटीमा छुटेका थिए । उनलाई राजधानी क्वालालम्पुरको दक्षिणमा रहेको काजाङ जेलमा पठाइएको छ । नजिब फैसला पढेर सुनाइँदा डकमा बसेका थिए । उनकी श्रीमती रोजमाह मन्सुर र तीन छोराछोरी उनको पछाडि बसेका थिए । सुरक्षा अधिकारीहरू त्यसपछि पूर्वप्रधानमन्त्रीको वरिपरि भेला भएर जेल लगेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्