इमर्जेन्सी कक्षमै चिकित्सक कर्मचारीबाटै कुटिए
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा चिकित्सक कुटिएका छन । अस्पतालको आकस्मिक विभागमा कार्यरत डाक्टर करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको भन्दै साहले बिहान ११ बजे बोलाएका थिए ।
सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि कुटपिट गरेका हुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराईले पनि कर्मचारीले चिकित्सकमाथि हातपात गरेको जानकारी दिए । ‘सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रष्टै देखिन्छ’ प्रवक्ता भट्टराईले भने, ‘कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न नहुँने हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।’
डाक्टर साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
घटना बिहीबारको भएपनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुटने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डाक्टर साहको टाउको र पेटमा चोट लागेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, #चिकित्सक कुटिए
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्