सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने
काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकमा संयोजक कृष्ण सिटौलाले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।
आजको बैठकपछि कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बैठक सकारात्मक दिशामा अघि बढिरहेको उल्लेन गरे । तर, सिट बाँडफाँडका विषयमा के के प्रगति भयो भन्ने खुलाइएको छैन । हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बैठक निष्कर्षविहीन, #सत्ता गठबन्धन
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्