Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

निहारिका राजपुत प्रकरणः पक्राउ परे बलात्कार आरोपी शिवराज


काठमाडौं । प्रहरीले निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको हो । निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।

उनीबाट २१ महिनाको छोरा छ । उनी बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् । वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।

केहीदिन अघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरेको थियो । निहारिका आफूलाई शिबराजले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाइरहेका छन् । तर, शिवराजले आफूहरु प्रेममा रहेको भन्दै आफनो बच्चा नभएको बताउदै आएका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निहारिका राजपुत, #शिवराज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं