राष्ट्र बैंकले भर्चुअल मुद्राको कारोबार नगर्न किन बारम्बार दिदैछ चेतावनी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डलगायतको कारोबार नगर्न\नगराउन चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर नेपालमा कुनै पनि प्रकारका भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी रहेको पुनः स्मरण गराएको हो । क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएको मुद्राको कारोबार अबैधानिक भएको भन्दै राष्ट्र बैंकले सूचना निकालेर पटक पटक सचेत गराउँदै आएको छ ।
राष्ट्र बैंकले जारी गरेको पछिल्लो सूचनामा नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीलगायतले कानुनी मान्यता नपाएको, कारोबार वैध नभएको र कुनै पनि सुरक्षण नभएको जनाइएको छ । यस्तो कारोबारले जोखिम बढाउने भन्दै कारोबार नगर्न्नगराउन भनिएको छ ।
राष्ट्र बैंकले बारम्बार सचेत गराएपनि श्रोत नखुलेको लाखौँ रकमसहित व्यक्ति पक्राउ पर्ने क्रम बढिरहेको छ । कतिपय बैंक, सहकारी र प्रतिष्ठित फर्म व्यक्ति नै विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंकासहित प्रहरी, राजश्व अनुसन्धान र राष्ट्र बैंकले निगरानी बढाएको छ ।
नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, सङ्घसंस्था र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले यस्ता अवैध कारोबार गरेको पाइएमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #क्रिप्टोकरेन्सी, #नेटवर्क मार्केटिङ्ग, #नेपाल राष्ट्र बैंक, #बिटक्वाइन, #हाइपर
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्