प्रदेश र प्रतिनिधिसभा चुनाव गराउन करिव १२ अर्व खर्च हुने अनुमान,गाउँ–गाउँमा कन्सर्ट

काठमाडौं । सरकारले मसिंर ४ गते निर्वाचन घोषणा गरेसंगै निर्वाचन आयोगले तिब्र गतिमा तयारी अघि बढाएको छ । तर आयोगले यसअगाडीका निर्वाचनमा दिएको मतदाता शिक्षालाई भने केही परिमार्जन गर्ने योजना बनाएको छ । आयोगले मतदाता शिक्षाको लागि प्रत्येक जिल्लामा सास्कृतिक कन्सर्ट गर्ने बिषयमा छलफल थालेको छ । तर अहिलेको परिस्थितीमा मतदाता शिक्षाको नाममा अनावश्यक खर्चमा जोड दिन नहुने भन्दै आलोचना पनि भएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा दिनका लागि सास्कृतिक कन्सर्टको आयोजना गर्ने तयारी थालेको छ । आयोगका अनुसार मत बदर संख्या घटाऊन मद्दत पुग्ने भएकाले निर्वाचन सचेतना र मतदाता शिक्षाका लागि सांगीतिक टोलीसहित कन्सर्ट गर्न लागेको हो । त्यसबाहेक मतदाता शिक्षाका लागि छापा, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल पनि प्रयोग गर्ने तयारी आयोगको छ ।
यध्यपी यस बिषयमा निर्णय भने भएको छैन । तर छलफलका क्रममा अरुबेला भन्दा फरक तरिकाले मतदाता शिक्षा दिनुपर्ने आवाज उठेको छ । यसका लागि आयोगले योग्य सांगीतिक टोलीको छनौट गर्ने , उनीहरुलाई तालिम दिएर देशको विभिन्न जिल्लामा कन्सर्ट गर्न पठाउनेछ । बिभिन्न जिल्लामा गएर ठूला कन्र्सट गरेर त्यहाँ निर्वाचनको विषयवस्तु राखेर सांगीतिक माहौल सिर्जना गर्दै निर्वाचनमा सबैको सहभागिता अभिवृद्धि गर्न, प्रशिक्षित गर्न एउटा वातावरण निर्माणको काम हुने आयोगको प्रक्षेपण छ ।
त्यस बाहेक गितिनाटक लगायतका कार्यक्रममा पनि जोड दिने आयोगको तयारी छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदरको सन्ख्या बढ्दै गएको निश्कर्श आयोगको छ । त्यसबाहेक गठबन्धन हुँदा पनि मतदाता अलमलिएका कारण मतपत्र बदर भएको आयोगको बुझाई छ । यसलाई कम गर्न आयोगले ठुलो रकम खर्च गर्ने तयारी गरेको हो । तर पुर्व निर्वाचन आयुक्तहरु भने नेपाली मतदाताहरुले धेरै निर्वाचनको अभ्यास गरिसकेकाले ठुलो रकम मतदाता शिक्षाको नाममा खर्च गर्न नहुने सुझाव दिन्छन् ।
अहिलेको अवस्थामा मतदाता शिक्षा जरुरत भएको तर कन्सर्ट गर्ने, नाटक देखाउने तरिकाले मतदाता शिक्षाको जरुरत नभएको निर्वाचन आयोगका पुर्व प्रमुख आयुक्त सुर्य प्रसाद श्रेष्ठको भनाइ छ । स्थानिय तहको निर्वाचनमा ५ अर्ब खर्च गरेको आयोगले अहिले १२ अर्ब हाराहारी खर्च लाग्ने अनुमान गर्दै बजेट निकासाको लागि अर्थमन्त्रालयमा पठाएको छ । तर यती ठुलो रकम खर्च गरिरह्दा सास्कृतिक कन्सर्ट लगायत अनावश्यक काममा ठुलो रकम अनाबश्यक खर्च हुन नदिने तर्फ आयोगले ध्यान दिन जरुरी छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन घोषणा, #मसिंर ४ गते, #सास्कृतिक कन्सर्ट
तपाईको कमेन्ट लेख्नुहोस्