फोहोर उठाउन नसकेको भन्दै वडाध्यक्षहरु खनिए मेयर बालेन्द्रविरुद्ध
काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेको भन्दै मेयर बालेन्द्र साहबिरुद्ध वडाध्यक्षहरु खनिएका छन । थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा मेयर साहको चर्को आलोचना भएको हो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए । आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिएका थिए ।
उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरेका थिए । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको उनले बताए ।
यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त नबुझेको बताएका थिए । काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा पेश भए । उनले फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको बैठक कतिपटक बस्यो भन्ने जानकारी दिन मेयर साहसँग माग गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #मेयर बालेन्द्र साह, #वडाध्यक्षहरु खनिए
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्