डोनाल्ड ट्रम्प निवासमा मार्यो एफबीआईले छापा
काठमाडौं । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ। एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो।
ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताए । घरमा छापा मार्दा न्युर्योकस्थित ट्रम्प टावरमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले आफूले छानबिनका लागि सहयोग गरिरहेको भए पनि अहिले आफूविरुद्ध गलत भएको आरोप लगाए।
उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे। ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ। गत वर्ष अमेरिकाको क्यापिटल हाउसमा हिंसा भएको विषयमा संसदीय समितिले ट्रम्पमाथि अझै पनि छानबिन गरिरहेको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #एफबीआई, #पूर्व राष्ट्रपति डोनाल्ड
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्