पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ,फेला पर्यो २२ लाख रकम
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित रंगेहात पक्राउ गरेको छ ।
उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनी ६ लाख घुस सहित पक्राउ परेका हुन । अनुसन्धानका क्रममा उपसचिव नेपालले प्रयोग गरेको बा १ झ ९९ ४६ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको छ ।
उनको गाडीबाट समेत १६ लाख नगद समेत भेटिएको प्रवक्ता भण्डारीले जानकारी दिए । बरामद भएको नगद रकमबारे छानबिन शुरु गरिएको पनि प्रवक्ता भण्डारीले जानकारी दिए ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको बताइएको छ । नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपसचिव प्रमोद नेपाल, #घुस सहित रंगेहात
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्