Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

किरण चेमजोङले खेल मैदानमै गरे प्रेमिकासँग ‘ईंगेजमेन्ट


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकासँग ईंगेजमेन्ट गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर ईंगेजमेन्ट गरेका हुन ।

किरणले मैदानमै औठी लगाएको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने ।

त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । टिमको अगाडि नै किरणले यसरी प्रेम दर्शाउँदा कञ्चन निकै लजाएकी थिइन् । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।


क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #किरण चेमजोङ, #प्रेमिकासँग ईंगेजमेन्ट, #फेसबुकमार्फत सार्वजनिक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं