अल कायदाका नेता अमेरिकी ड्रोन आक्रमणमा मारिए
काठमाडौं । अमेरिकी मानवरहित विमान (ड्रोन) आक्रमणमा अफगानिस्तानमा अल कायदाका एक नेता मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्।
अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ। अमेरिकी आक्रमणमा जवाहिरी मारिएको र परिवारका अरु सदस्य सुरक्षित रहेको जनाइएको छ।
७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएका थिए। सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनलाई मारेपछि अल कायदाको नेतृत्व जवाहिरीले गरेका थिए।
सन् २००१ मा भएको अमेरिकी ट्वीन टावर आक्रमणमा अमेरिकाले लादेनसहित जवाहिरीलाई पनि सर्वाधिक खोजीको सूचीमा राखेको थियो।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्