प्रधानमन्त्री देउवा सहभागि कार्यक्रममा पत्रकारलाई रोक, सुरक्षाकर्मीको ब्यापक खानतलासी

काठमाडौं । केही दिन अगाडि प्रधानमन्त्री शेरवहादुर देउवा उपस्थित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको विरोध भएपछि अहिले प्रधानमन्त्री पुगेका हरेक कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहिबार वीर अस्पतालको बार्षिक उत्सवमा प्रधानमन्त्री पुगेका थिए जसमा अस्पतालमा पुगेका बिरामी संचारर्मी तथा अस्पतालमा भर्ना भएका बिरामीको रेखदेखमा खटिएका चिकित्सकलाइ समेत प्रवेश निषेश गरिएको थियो ।
राज्यका अति बिशिष्ट अतिथि सहभागि हुने कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिनु राज्यको दायित्व हुन आँउछ । तर, बिहिबार वीर अस्पतालको १ सय ३३ औँ बार्षिक उत्सवमा सहभागि भएका प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा यति कडा पारियो कि बार्षिक उत्सवमा समाचार संकलन गर्न गएका संचारकर्मीलाइ समेत प्रवेशमा रोक लगाइयो । कार्यक्रम हलमा प्रवेश गर्ने अस्पतालका कर्मचारी अन्य सहभागी, सञ्चारकर्मी लगायत सबैलाई दुई तहको सुरक्षा जाँचपछि मात्रै सकसपूर्ण तरिकाले भित्र पस्न दिइएको थियो ।
अझै अचम्मको कुरा त के छ भने अस्पतालको बार्षिक उत्सवको कार्यक्रम गरेकै भबनमा शल्यक्रिया गरेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न जाने चिकित्सकलाइ समेत प्रवेशमा रोक लगाइयो । यसरी अस्पतालको परिसरनै प्रधानमनत्री देउवाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले ढाकिएका थिए । जहाँ कार्यक्रमको आयोजना थियो त्यसको ठिक माथि पट्टि थुप्रै जटिल खालका बिरामीहरु भर्ना भएका थिए ।
बार्षिक उत्सवको आयोजना गर्ने स्थालनै नभएको जस्तोगरि बिरामी राखिएको स्थानमा होलल्ला गर्दा बिरामीलाइ कतिसम्म असर पुग्यो होला यो् हामीले सहजै अनुमान लगाउन सक्छौं । प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री सहभागी कार्यक्रममा अस्पतालको स्तरउन्नती व्यवस्थापनको बारेमा भाषण गरिरहदा बार्षिक उत्सव मनाउनकै लागि अस्पतालको ओपिडि सेवा बन्द हुदा कयौ बिरामी छटछट्इरहेका थिए ।
निकै टाढा टाढाबाट वीर अस्पताल पुगेका बिरामीलाइ के थाहा अस्पतालको बाषिर्क उत्सवमा ओपिडिको टिकट दिने काउन्टर नै ताला लगाइन्छ भन्ने । एक शताब्दी पार गरेको अस्पतालको वार्षिकोत्सव आँफैमा महत्वपूर्ण कार्यक्रम हो । यस्तो कार्यक्रममा प्रधानमन्त्री देउवाको उपस्थितिले थप हौसला प्रदान गर्छनै तर सुरक्षा संवेदनशिलताको नाममा सर्वसाधारण, बिरामी, चिकित्सकहरुलाईनै आतंकित पार्ने गरि ब्यवहार गर्नु पक्कै पनि राम्रो मान्न सकिंदैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरवहादुर देउवा, #प्रधानमन्त्रीको विरोध
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्