Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

स्क्यामर र ठगको निसानामा नेपाली, हिरा र उपहारको पछि लाग्दा ठगिदै ?


काठमाडौं । महंगो उपहार (गिफ्ट) को पछि लाग्दा नेपालीहरु ठगिने क्रम बढ्न थालेको छ । हीराको हार लगायतका उपहार पाउने प्रलोभनले ठगिनेमा अधिकांश युवती र महिलाहरू रहेका छन्। नेपालमै सक्रिय गिरोहसँगै देशबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको, बहुमुल्य उपहार परेको बहानामा ठगी गर्ने गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले गरगहना, महंगा उपचार पाउने लोभले फेक म्यासेजको पछि लाग्दा ठगीएको देखाएको छ ।

केही सातादेखि आफू ठगिएको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा यस्ता गिरोहद्वारा महिला र युवतीमाथी ठगी भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी बताउँछन । ‘एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेको र उनीहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानले धेरै व्यक्ति ठगिने गरेको खुलेको छ ।’ एसपी जोशीले बताए ।
कसरी भैरहेको छ त नेपालमा ठगी ?
उपहार परेको पार्सल पठाउने वा नाता कायम गरेर महुमुल्य गरगहना हिराको हार पठाउन लागेको, कार लगायतका गाडी उपहारमा परेको भन्दै ठगी गर्ने गिरोहहरु विश्वभर सक्रिय छन् । यस्ता गिरोहले नेपाललाई समेत निशाना बनाइरहेका छन् । बिनु लामा ९नाम परिवर्तित० ले आफू ठगिएको बारे सत्यतथ्य सार्वजनिक गरेर अन्य युवायुवती र महिलालाई ठगिनबाट जोगाइदिन आग्रह गरेकी छिन् ।

७५ लाख बराबरको उपहार र गाडी समेत जित्नुभएको छ, बधाई छ भन्दै आएको म्यासेजको पछि लाग्दा आफू ठगिएको बिनु बताउछिन । उपहार लिनेभए ट्याक्स लगायतका प्रक्रिया मिलाउनुपर्छ भन्दै पटक–पटक गरेर बिनुसँग ठगको गिरोहले १० लाख फुत्काए । यसपछि कतै आफू ठगिदै त छैन भनेर माग अनुसार पैसा पठाउन छाडेर सोधीखोजीमा लागेको बताउने बिनु अहिले साइबर ब्यूरोमा उजूरी बोकेर पुगेकि छन् ।

ठगिएको रकम फिर्ता आउने र ठग पक्राउ पर्ने आशा उनीमा कत्तिपनि छैन । कुनै अपरिचितले हीरा लगायतका गरगहना उपहार स्वरुप पठाउने, नगद,गाडी लगायतको उपहार परेको भन्दै फेसबुक, भाईबर, ह्वाट्सएप लगायतका प्लेटफर्म र मोबाइल म्यासेजमा आउने अफबाहको पछि नलाग्न बिनुको सबैलाई सुझाब रहेको छ ।

कबिता नाम परिवर्तित०ले समेत एक जना अपरिचित बिदेशीले आफ्नो परिवार युद्धमा गुमाएको बैंकमा रहेको नगद र धन सम्पती तपाईको नाममा नामसारी गर्ने प्रक्रिया सुरु गरेको भन्दै इमेल पठाएर प्रक्रिया मिलाउन केही रकम पठाउनुपर्यो भन्दै ठगी गरेको गुनासो गरेकी छिन् । उनी पनि आफूबाट ठगीको रकम फिर्ता आउने र ठग पक्राउ पर्ने भन्दा अरुलाई समेत गराएर ठगी रोक्नुपर्ने बताउँछिन् ।

नगद, गरगहना र गाडी उपहार स्वरुप पाइने प्रलोभनमा पर्दा धैरै नेपाली ठगिएका छन् । धेरैलाई ठगहरुले अझपनि निसाना बनाइरहेका छन् । तर यसबारे अनुसन्धान गर्ने र ठगी रोक्न सचेतना फैल्याउने निश्चित संयन्त्र छैन । सबै उजूरी प्रहरीमा पुग्ने गरेकाले अनुसन्धान र कारबाही प्रभावकारी बन्न सकेको छैन । मोवाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँगै सरकारी संयन्त्रले सामाजिक उत्तरदायित्व बोध गरेर यस्ता गिरोहको ठगीबाट नेपालीलाई जोगाउन बिशेष कदम चाल्नुपर्ने देखिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #महंगो उपहार, #हीराको हार

तपाईको कमेन्ट लेख्नुहोस्