तीनदिनसम्म देशका अधिकांश स्थानमा झरी, सतर्कता अपनाउन अपिल !
काठमाडौं । मनसुन फेरि सक्रिय भएसँगै देशभरका धेरै ठाउँको मौसमा आंशिकदेखि सामान्य बदलाब देखा परेको छ । बिहानपख काठमाडौंमा पानी परेको थियो भने भने प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले मंगलबार दिउँसोदेखि देशका धेरै ठाउँमा वर्षा सक्रिय भएर पानी पर्ने सम्भावना रहेको बताइन् । अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।
यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले जनाएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । तीनदिनपछि फेरी क्रमस मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
मनसुनको न्यून चापीय रेखा सामान्य अवस्था भन्दा केही माथि अर्थात नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको बताइएको छ । सोमबारसम्मको केही दिन मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्नेक्रम रोकिएर अत्यधिक गर्मी बढेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मनसुन फेरि सक्रिय
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्