Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

राष्ट्रिय ट्रमा सेन्टरमा छैन् एमआरआई, बेड पाउनै मुस्किल, बिरामीलाई सधैं सास्ती


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा आएको ९ वर्ष बित्यो । तर, अहिलेसम्म पनि ट्रमा सेन्टरले नागरिकलाई पूर्ण रूपमा सेवा दिन सकेको छैन । देशका बिभिन्न स्थानमा दुर्घटना वा विरामी भएमा उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा आउने गर्दछन् । त्यहा आएका बिरामीहरू धेरैजसो दुर्घटनामा परेका हुन्छन् । धेरै चोटपटक लागेका बिरामीलाई एमआरआई गर्नुपर्ने हुन्छ । तर, नेपालकै एक मात्रै राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा आएको ९ बर्षसम्म पनि नागरिकलाई आवश्यक सेवा दिन सकेको छैन् ।

सञ्चालनको लामो समय हुदाँ समेत बिरामीका लागि अतिआवश्यक पर्ने एमआरआइको सुविधा छैन् । ट्रमा सेन्टमा उपचारका लागि आएको बिरामीलाई एमआरआइ गर्नुपरेमा कि नजिकै रहेको बीर अस्पतालमा जानुप¥यो कि त निजि अस्पताल जानुपर्ने बाध्यता छ । निजी अस्पतालको खर्च धान्न नसकेर बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले ट्रमा सेन्टर स्थापना गरिएको हो ।

आम नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने भनिएपनि अत्यावश्यक सेवा सुविधा अभावमा बिरामीले समस्या खेप्दै आएका छन् । एमआरआई मेसिन खरिद गर्नका लागि ट्रमा सेन्टरले पटक–पटक आग्रह गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो नदेखाएको अस्पतालका निर्देशक डाक्टर प्रमोदकुमार यादव बताउछन् । ट्रमा सेन्टरमा निर्देशक यादवले यस बिषयमा मन्त्रालयमा बारम्बार आग्रह गर्दा समेत चासो नदेखाएको गुनासो गर्छन ।

मन्त्रालको उच्च पदस्थ व्यक्ति तथा अस्पतालकै व्यस्थापकिय परिवर्तन यसको मुल समस्याको रुपमा देखा परेको डा.यादबको दुखेसो छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उपकरण थप गर्ने बिषयमा भन्दा पनि नजिकै रहेको वीर अस्पतालकै उपकरणको भर परेर बसेको छ । मन्त्रालय यतिसम्म गैरजिम्मेवार देखिएको छ कि ट्रमा सेन्टरसँग उपकरण नै छैन् या बिग्रिएर नचलेको हो भन्ने समेत मन्त्रालयलाई जानकारी छैन ।

स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा सर्वसाधारणको सहज पहुँच नहुँदा नागरिक मारमा परेका छन् । ट्रमा सेन्टरमा बेड नपाउदा भुईमा सुतेर उपचार गराउनुपर्ने बाध्यता छ । भुईमा सुतेर उपचार गराउदा झनै समस्यामा परेको बिरामीहरुले गुनासो गरेका छन् । गम्भीर र जटिल प्रकृतिका बिरामीको उपचार गर्न खोलिएको अस्पतालमै आवश्यक सेवा अभाव हुनुलाई सरकारले स्वास्थ्य क्षेत्रलाई कति महत्व दिएको छ भन्ने प्रष्ट हुन्छ । सर्वसाधारणलाई सहज सेवा दिने भन्दै अस्पताल खोल्ने तर, पूर्वाधारदेखि उपकरण नदिने राज्यको नितिले नीजी अस्पताललाई नै लुट्न छुट दिइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निजी अस्पताल, #भुईमा सुतेर उपचार, #राष्ट्रिय ट्रमा सेन्टर

तपाईको कमेन्ट लेख्नुहोस्