Techie IT
  • २७ जेठ २०८२, सोमबार
KhojPatrika

अकस्मात माओवादी अध्यक्ष प्रचण्डको ३ दिने भारत भ्रमण


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको अकस्मात भारत भ्रमण तय भएको छ । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।

डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिक रुपमा भ्रमण तय भएको हो ।

प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो । प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड, #भारत भ्रमण तय

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं