कक्षाकोठामै शिक्षकले काटिदिए विद्यार्थीको लामो कपाल
जुम्ला । जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् । जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकोठाभित्रै चार जना विद्यार्थीको कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
विद्यालयका प्रधानाध्यापक रामभजन यादव स्वयंले विद्यार्थीको कपाल काटेको भिडियो विद्यालय आफैले पोष्ट गरेका थिए । प्रधानाध्यापक यादवले विद्यार्थीलाई कपाल नकाटेको भन्दै सजाय स्वरुप कक्षाकोठामा कपाल काटिएको बताए । विद्यालयले अनुशासन पालना गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।
कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि बोलिरहेको सुनिन्छ । उनले त्यहाँ बिचैमा टाटेपाटे बनाइदिनुपर्छ भनिरहेका छन् । विद्यालयका एक विद्यार्थीले कपाल काट्न भने अटेरी गरेको देखिन्छ । ४ जनाको कपाल कक्षाकोठाभित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निष्कासन गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कक्षा कोठामै कपाल, #कपाल काटिदिए, #प्रधानाध्यापक रामभजन यादव
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्