चल्दा चल्दै चन्द्रागिरिमा केबलकार रोकिएपछि ४ सय यात्रु अलपत्र
काठमाडौं । चन्द्रागिरिमा केबलकार बिग्रिएपछि चार सयबढी मानिस डाँडामा अलपत्र परेका छन् । बुधबार साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको छ । टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो ।
उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको बताइएको छ । तिमल्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १ सय २० जनालाई तानेर उद्धार गरिएको थियो । ‘केबलकार नचलेका कारण माथि डाँडामा अलपत्र परेका ४०० जनाको उद्धार भइरहेको छ ।
गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ । उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा खटिएको छ । बेसमा मेडिकल टिम, प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।
यसअघि २०७८ चैत २८ गते पनि चन्द्रागिरिमा विद्युत् समस्याका कारण यात्रुहरु बीचमै केबलकारमा अड्किएका थिए । त्यतिबेला ३७ यात्रुलाई प्रहरीले उद्धार गरेको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गणेशप्रसाद तिमल्सिना, #चन्द्रागिरिमा केबलकार, #डाँडामा अलपत्र
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्